एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शपथ ग्रहण अब २ हप्ता पनि बाँकी छैन ।
यस्तैमा न्यूयोर्कको एउटा अदालतले ट्रम्पलाई झटका दिएको छ । हश मनी मुद्दामा सजाय सुनाउन ढिलाइ गर्न ट्रम्पले गरेको अनुरोधलाई न्यायाधीशले सोमबार अस्वीकार गरेका छन् ।
न्यायाधीश जुआन मर्चेनले गएको हप्ता ट्रम्पको शपथ ग्रहण समारोह अघि उनलाई सजाय हुनु पर्ने फैसला गरेका थिए । ट्रम्पका वकिलले राष्ट्रपतिको चुनावमा जितेपछि यो मामिला यही अन्त्य हुनु पर्ने तर्क गरे पनि न्यायाधीश यो कुरामा सहमत भएनन् ।
मार्चेनले दुई पृष्ठको फैसलामा अभियोजकहरूले सजायमा ढिलाइको विरोध गरेको रउच्च अदालतमा ट्रम्पले दिने याचिका स्वीकृत भयो भने मात्रै यसलाई टार्न सकिने बताएका थिए । जनवरी १० मा हश मनी मुद्दामा ट्रम्पलाई सजाय सुनाइदैछ ।
मर्चेनले ट्रम्पलाई शुक्रबार सजाय सुनाउने दिनमा व्यक्तिगत रूपमा वा अनलाइनमा उपस्थित हुने विकल्प दिएका थिए । पूर्व र भावी राष्ट्रपतिलाई जेल पठाउने आफ्नो मनाशय नरहेको पनि उनले बताएका छन् । ट्रम्प कुनै पनि अपराधमा दोषी ठहरिने पहिलो पूर्व राष्ट्रपति हुन् । सन् २०१६ को चुनावको पूर्वसन्ध्यामा पोर्न स्टार स्टर्मी डेनियललाई चुप लाग्न पैसा तिरेकोमा ३४ वटा मामिलामा ३४ मेमा ट्रम्पलाई दोषी ठहर गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २३ पुस २०८१, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि ट्रम्पको घोषणा
ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता तत्काल समाप्त
ह्वाइट हाउसमा ट्रम्पले बाले दियो, मनाए दिपावली
ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ‘ठूलो प्रगति’ भएको ट्रम्पको भनाइ
रुसी तेल नकिन्न मोदी सहमत भएको ट्रम्पको दाबी
इजिप्टमा ट्रम्पले गरे गाजा शान्ति योजनामा हस्ताक्षर