काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको तीन केन्द्रीय विभागमा पदाधिकरी चयन भएका छन् ।
जसपा नेपालको पार्टी स्कूल तथा प्रशिक्षण विभाग, महिला विभाग र सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागमा पदाधिकारी चयन गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
सोमबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीका बसेको पार्टी स्कूल तथा प्रशिक्षण विभागको बैठकले प्रमुखमा सुरेश मण्डल, उपप्रमुखमा अम्बिका काफ्ले र सचिवमा चन्देश्वर सदालाई चयन गरेको हो ।
पार्टीको केन्द्रीय महिला विभागमा प्रमीला कुमारी र सचिवमा अञ्जना शेर्पा चयन भएका छन् । त्यसैगरी सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागको बैठकले प्रमुखमा विनिता यादव र उपप्रमुखमा वीणा सिन्हालाई चयन गरेको बताइएको छ ।
बुधबार पार्टी कार्यालयमा केन्द्रीय कानुन विभागको बैठक बसी आवश्यक पदाधिकारी चयन गर्ने कार्यतालिका रहेको बस्नेतले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्लास्तरीय विरोध सभा गर्दै जसपा नेपाल
जसपा नेपालले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न जसपा नेपालको माग
संविधान संशोधनको माग राख्दै जसपा नेपालले गर्यो आन्दोलनका कार्यक्रम घोषणा
जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य
जसपा नेपालले थप्यो पाँच जना केन्द्रीय सदस्य