काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको तीन केन्द्रीय विभागमा पदाधिकरी चयन भएका छन् ।
जसपा नेपालको पार्टी स्कूल तथा प्रशिक्षण विभाग, महिला विभाग र सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागमा पदाधिकारी चयन गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
सोमबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीका बसेको पार्टी स्कूल तथा प्रशिक्षण विभागको बैठकले प्रमुखमा सुरेश मण्डल, उपप्रमुखमा अम्बिका काफ्ले र सचिवमा चन्देश्वर सदालाई चयन गरेको हो ।
पार्टीको केन्द्रीय महिला विभागमा प्रमीला कुमारी र सचिवमा अञ्जना शेर्पा चयन भएका छन् । त्यसैगरी सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागको बैठकले प्रमुखमा विनिता यादव र उपप्रमुखमा वीणा सिन्हालाई चयन गरेको बताइएको छ ।
बुधबार पार्टी कार्यालयमा केन्द्रीय कानुन विभागको बैठक बसी आवश्यक पदाधिकारी चयन गर्ने कार्यतालिका रहेको बस्नेतले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश
प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि