एजेन्सी । ब्राइटन एन्ड होभ एल्बियनसँग अंक बाँडेपछि इङ्लिस प्रिमियर लिगमा आर्सनलको उपाधि होडमा धक्का लागेको छ।
शनिबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा आर्सनलले १–१ को बराबरी गरेपछि उपाधि होडमा धक्का लागेको हो।
पहिलो हाफको १६औँ मिनेटमा एथान एनावेरीको गोलमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको ६१औँ मिनेटमा जाओ पेड्रोले पेनाल्टीमा बराबरी गोल गरेपछि आर्सनलको अंक खोस्न सफल भएको हो।
बराबरीसँगै आर्सनल शीर्ष स्थानको लिभरपुलसँग ५ अंकले पछि परेको छ। लिगको २० खेलबाट ११ खेलमा जित, ७ खेलमा बराबरी र २ खेलमा हार भोगेको आर्सनलको ४० अंक छ।
आर्सनलभन्दा २ खेल कम खेलेको लिभरपुलको ४५ अंक छ। लिभरपुलले १८ खेलमा १४ खेलमा जित, ३ खेलमा बराबरी र १ खेलमा मात्र हार भोगेको छ।
गएराति नै भएको अर्को खेलमा चेल्सी र क्रिस्टल प्यालेसले बराबरी खेल्दै अंक बाँडे।
पछिल्लो समय लयमा रहेको चेल्सीले खेलमा सुरुवाती अग्रता बनाएपछि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २१ पुस २०८१, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनलको जित
प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित
आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्यो सिटी
आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा
युनाइटेड र आर्सनलको खेल बराबरीमा सकियो
सिटीविरुद्ध आर्सनलको जितमा वैकल्पिक खेलाडीले गरे दुई गोल