एजेन्सी । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुपुर्दगी गर्न ढाकाको अनुरोधको जवाफ दिएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘गत हप्ता विदेश मन्त्रालयले बंगलादेशबाट शेख हसिनालाई सुपुर्दगी गर्न माग गर्दै पत्र आएको पुष्टि गरेको थियो । योभन्दा माथि मेरो भन्नु केही छैन ।’ हिंसात्मक आन्दोलनका कारण बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा आफ्नो पदबाट राजीनामा दिएर देश छाडेर भारत आएकी थिइन् ।
शेख हसिनाको प्रधानमन्त्रीको कार्यकाल १५ वर्षसम्म रह्यो । उनको सरकारलाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोप पनि लागेको थियो ।
अगस्ट ५ को त्यो घटनाको तीन दिनपछि नोबेल पुरस्कार विजेता प्रोफेसर डा मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ ग्रहण गरेका थिए ।
यसै क्रममा रणधीर जैसवालले बंगलादेशको इस्कोन मन्दिरसँग सम्बद्ध चिन्मय कृष्ण दासलाई रिहा गर्न माग गरेको विषयमा पनि प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘जस्तो कारबाही बंगलादेशमा भइरहेको छ । पक्राउ परेकाहरूमाथि निष्पक्ष कारबाही होस्, यही हाम्रो अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० पुस २०८१, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर, मृत्युदण्डको सजाय
शेख हसिना विरुद्धको फैसलाअघि बंगलादेशमा कडा सुरक्षा
शेख हसिनाविरुद्ध मृत्युदण्ड माग गरिएको मुद्दाको फैसला आज
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिना जेल सजाय हुने फैसला
शेख हसिनाको ‘अवैध सम्पत्ति’ बारे अनुसन्धान सुरु
शेख हसिनाविरुद्ध बङ्गलादेशले माग्यो रेड कर्नर नोटिस