काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनी निधन भएको छ । गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा उनको निधन भएकाे पारिवारिक स्रोतले जानकारी दिएको छ ।
हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्याइएको बताइए पनि घटना शंकास्पद देखिएको परिवारका सदस्यले बताएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । पुडासैनी सरस्वती नगरमा रहेको डेरामा एक्लै बस्दै आएका थिए ।
प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाईन पत्रिकामा कार्यरत थिए । उनले यसअघि माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायतका सञ्चार माध्यमामा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० पुस २०८१, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
वरिष्ठ कलाकार 'राते काइँला' सुनिल थापाको निधन
पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
गायक प्रशान्त तामाङको निधन
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन