काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले मन्त्रिपरिषद्को निर्णयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवेशबारे आन्तरिक छलफलमा जुटेको छ ।
नेपाली काँग्रेसका सांसद हृदयराम थानी नेतृत्वको उपसमितिले मन्त्रिपरिषद्को नीतिगत बाहेकका निर्णयमा पनि अनुसन्धान हुनसक्ने व्यवस्थासहित अख्तियार ऐन संशोधन विधेयकको प्रतिवेदन राज्य व्यवस्था समितिमा बुझाएपछि एमाले आन्तरिक छलफलमा जुटेको हो । यस विषयमा काँग्रेस भित्र दुई धार देखिएका बेला एमालेले पनि आन्तरिक छलफल गरेको हो ।
यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, एमालेका सचिव एवं संसदीय मामिला विभाग प्रमुख योगेशकुमार भट्टराई यो छलफलमा सहभागी छन् ।
मंगलबार सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा संसदीय मामिला विभाग प्रमुख भट्टराई, एमाले मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बराल सहितको बसाइमा पनि यो विषय उठेको थियो ।
संसदीय समितिमा रहेका विधेयक अगाडि बढाउन फोकल पर्सन तोक्न बसेको उक्त बैठकमा एमाले सांसद रघुजी पन्तले राज्य व्यवस्था समितिमा रहेका विधेयकबारे प्रधानमन्त्री ओलीसँग समेत छलफल गर्नुपर्ने भनेर समन्वयका लागि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ पुस २०८१, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो
प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
तत्कालीन सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर