चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा समृद्धिको नयाँ अभियान चलाउने सपना बोकेर कुदिरहेको बताएका छन् । गृह जिल्ला चितवनमा मंगलबार आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव समापन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले देशमा स्थिरता कायम गर्न र देश विकासका लागि आफू जनतामाझ आएको बताएका हुन् ।
भ्रष्टाचार, बेथिति, अराजकता फालेर मुलुकमा सामाजिक न्यायको झन्डा उठाउने आफ्नो प्रयासलाई एकथरीका मानिसले मन नपराएको उनले बताए ।‘मुलुक अप्ठ्यारो स्थितिमा थियो । मुलुकको आर्थिक अवस्थालाई क्रमशः सहज वातावरण बनाउन धेरै मेहेनत पनि गरियो । बिस्तारै देशको आर्थिक अवस्था लयमा पनि फर्किँदै थियो’ उनले भने, ‘छिमेकी मुलुकहरूसँगको सम्बन्ध सन्तुलित बनाउन रेकर्डहरू पनि बनाएकै थिएँ । तर, एक थरी मान्छेहरूलाई यो मन परेन ।’
नेपालको छवि उज्ज्वल बनाउन आफूले खेलेको भूमिका कतिपय मानिसलाई मन नपरेको प्रचण्डको गुनासो थियो । ‘आफूले सञ्चालन गरेको सुशासनको अभियान, सामाजिक न्यायको अभयिान, अन्तर्राष्टिय स्तरमा नेपालको छवि उज्ज्वल बनाउन खेलेको भूमिका मन परेन’ उनले भने, ‘म अहिले जनताको बीचमा छु । म खुसी नै छु । फेरि एउटा सपना बोकेर यो देशमा स्थिरता र विकास, समृद्धिको नयाँ अभियान चलाउने सपना बोकेर म कुदिरहेको छु ।’
आफू प्रधानमन्त्री हुनुमा भन्दा विपक्षी दलको नेता भएर जनतामा जानुमा गर्व लागेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाललाई युक्रेन बनाउने मिसनबाट जोगायौँ : प्रचण्ड
‘फेरि काँग्रेस-एमालेसँग मिल्ने गल्ती दोहोर्याउँदिनँ’: प्रचण्ड
नवीन सोच र दीर्घकालीन दृष्टिकोणसहितको शक्ति नेकपा : ‘प्रचण्ड’
रुकुम पूर्वका मतदातासँग प्रचण्ड ६ दिन आफैं मत माग्न पुग्ने, यस्तो छ कार्यतालिका
प्रचण्ड फर्किँदा पूर्वी रुकुम किन फेरि उत्साहित छ ?
डा. बाबुराम भट्टराईका पिताप्रति ‘प्रचण्ड’द्वारा श्रद्धाञ्जली अर्पण