काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको भए पनि नीतिगत निर्णयको नेतृत्व कांग्रेसले नै गरिरहेको दाबी गरेका छन्।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसको काँधमा अहिले पनि ठूलो जिम्मेवारी रहेको बताए। उनले भने, ‘दिगो शान्ति स्थापना गराउनुछ। शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा पुर्याउनु छ । लोकतन्त्रलाई सुदृढ गर्नु छ। अहिले हामी संयुक्त सरकारमा छौँ, ठूला पार्टीहरू कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएका छौँ। प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ। तथापि हामी गर्वका साथ भन्छौँ, नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ।’
उनले राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गरेको भएपनि नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेसलै नै गरिरहेको जिकिर गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तह पनि सरकार नै होः सांसद सिटौला
जनप्रतिनिधिले जिम्मेवार र जवाफदेहितासहित नागरिक हक अधिकारका लागि काम गर्नुपर्छ : कृष्णप्रसाद सिटौला
सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्छ: कृष्णप्रसाद सिटौला
संघीय व्यवस्थाअनुसार मानसिकता नबदलिएकाले समस्या छ: नेता सिटौला
आन्तरिक एकता नभए बाह्य शक्तिको हस्तक्षेप भइ देश नै कमजोर हुन्छ : कृष्ण सिटौला
पूर्वराजाले राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ : सिटौला