काठमाडौ । अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरुको टोलीले नेपालमा सौर्य गतिविधि र वर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ।
अनुसन्धानकर्ता गौतमको नेतृत्वमा अनुसन्धानकर्ता अशोक सिल्वाल, बासुदेव बराल र डा. बिनोद अधिकारीको टोलीले ‘द पोसिबल इम्प्याक्ट अफ सोलार एक्टिभिटी अन रेनफल इन नेपाल: अ केस स्टडी’ शीर्षकमा गरेको अध्ययनको प्रतिवेदन अन्तर्राष्ट्रिय जर्नल ‘एड्भान्सेस इन स्पेस रिसर्च’मा प्रकाशित भएको हो।
जल तथा मौसम विज्ञान विभागको सन् १९६८ देखि सन २०२३ सम्मको पोखरा र काठमाडौँको मासिक वर्षाको तथ्याङ्कहरुलाई सौर्य गतिबिधिको सम्बन्धलाई आधार मानेर अध्ययन गरिएको अनुसन्धानकर्ता गौतमले बताए।
‘यो अध्ययनले नेपालका दुई सहर पोखरा र काठमाडौँको मासिक वर्षा र सौर्य गतिबिधिबीचको सम्बन्धलाई वैज्ञानिक दृष्टिले प्रमाणित गरेको छ,’ गौतमले भने, ‘सौर्य गतिविधि र वर्षाको प्रवृतिमा ११ वर्षे दीर्घकालिन समानता पाइएको छ।’
११ वर्षको सौर्य चक्रको असर वर्षामा पर्ने र सो तथ्यलाई आधार मानेर वर्षाजन्य विपद्को जोखिममा रहेका ठाउँमा पूर्व सतर्कता अपनाउन सहयोग पुग्ने गौतमले बताए।
गौतमका अनुसार विश्वका विभिन्न देशहरुमा सौर्य गतिविधि र वर्षाका बीचको सम्बन्धबारे अनुसन्धान भएपनि भौगोलिक विबिधतायुक्त नेपालमा यो विषयमा भएको वैज्ञानिक प्रमाण सीमिति थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ पुस २०८१, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह
काठमाडौं उपत्यकामा वर्षा
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत (तस्वीरहरू)
वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो, अझै ३१ स्थानमा अवरोध
सुनसरीको तरहरा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
सुनसरीमा बिहानैदेखि अधिक वर्षा, सतर्क रहन आग्रह