धनुषा। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई सफल बनाउन सबै पक्षले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको मर्मअनुसार नै वर्तमान सरकार गठन भएको र सरकार सफल हुने बताए ।
राजनीतिक अस्थिरताले देशको विकासमा अवरोध सिर्जना गरिरहेको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमति भइ वर्तमान सरकार गठन भएको उनले उल्लेख गरे ।
उनले भने, 'यदि वर्तमान सरकार असफल भयो भने देश अराजकतातर्फ जान सक्छ । त्यसैले, वर्तमान सरकारलाई कुनै पनि हालतमा सफल बनाउनुपर्छ ।' डा. कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्न तयार रहेको उल्लेख गर्दै पार्टीभित्र कुनै पनि प्रकारको मनमुटाव नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, १४ : २७
लेखकबाट थप