धनुषा। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई सफल बनाउन सबै पक्षले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको मर्मअनुसार नै वर्तमान सरकार गठन भएको र सरकार सफल हुने बताए ।
राजनीतिक अस्थिरताले देशको विकासमा अवरोध सिर्जना गरिरहेको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमति भइ वर्तमान सरकार गठन भएको उनले उल्लेख गरे ।
उनले भने, 'यदि वर्तमान सरकार असफल भयो भने देश अराजकतातर्फ जान सक्छ । त्यसैले, वर्तमान सरकारलाई कुनै पनि हालतमा सफल बनाउनुपर्छ ।' डा. कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्न तयार रहेको उल्लेख गर्दै पार्टीभित्र कुनै पनि प्रकारको मनमुटाव नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. शेखर कोइरालाले कुरै नबुझी गृहमन्त्रीको राजीनामा मागे : कांग्रेस प्रवक्ता
भ्रातृ संस्थामा सानो आकारको समिति बनाउन सकिन्छ : शेखर कोइराला
बीपीको सालिकमा मोसो दलेको बारे शेखरको प्रतिक्रिया : हामी विचलित हुँदैनौं
शिक्षक महासंघसँग भएको सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्नुपर्छ : कोइराला
शेखर कोइराला बेलायत जाँदै, संसद् भवनभित्र हुने कार्यक्रमलाई सम्बोधन गर्ने
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने