काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–२ बाट नियन्त्रित लागूऔषध डाइजेपाम १७ पिस, नोर्फिन १६ पिस र फेनारगन १६ पिससहित सोही नगरपालिका–३ इचंगु नारायण बस्ने बारा घर भएका ३१ वर्षीय विद्या सागर लामालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यता कैलालीको गोदावरी नगरपालिका–२ बदनाम गल्लीबाट नियन्त्रित लागूऔषध स्पास्मो ३६ ट्याब्लेटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ वनखेत बस्ने २१ वर्षीय अमित शाकी र २५ वर्षीय वीरेन्द्र साउँद रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन १ हजार २ सय पिस, डाइजेपाम १ हजार २ सय पिस र फेनारगन १ हजार २ सय पिस सहित रौतहट कटहरिया नगरपालिका–७ बस्ने १८ वर्षीया किशोरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ५१५९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका१५ मिलन चोकबाट नियन्त्रित लागूऔषध स्पास्पेन १ सय २३ ट्याब्लेट र ट्रामाडोल १ सय १७ ट्याब्लेट सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय सन्जिप गिरी र २३ वर्षीय रोजेस श्रेष्ठ रहेका छन् ।
अस्थाई प्रहरी पोष्ट श्यामचोकबाट खटिएको प्रहरीले को।२६ प ८३७२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-९ गैरी गाउँ बस्ने २८ वर्षीय सालु भन्ने अजय राजवंशीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९० मिलिग्राम, मोबाईल ५ थान र नगद ५० हजार १ सय ५० रूपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
पाल्पा, बगनासकाली गाउँपालिका–५ राम्दिबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४६ पिस, प्रोमोथाईजिन ४६ पिस, नोर्फिन ४६ पिस सहित कास्की पोखरा घर बताउने २८ वर्षीय गणेश श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ
नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ