वासिङ्टन। अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने तयारीमा रहँदा सन् २०२५ जनवरीमा उनको शपथ ग्रहणले कलेज र विश्वविद्यालयहरूमा अमेरिकी आप्रवासन नीतिहरूमा हुनसक्ने परिवर्तनबारे चिन्ता उत्पन्न गरेको छ ।
देशभरका विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सल्लाह जारी गर्दै नयाँ प्रशासनअन्तर्गत कडा नियमहरूको अपेक्षामा सावधानीपूर्वक आफ्नो यात्राको योजना बनाउन आग्रह गरेको सीएनएनले जनाएको छ।
डोनाल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावमा डेमोक्रेटिक प्रतिद्वन्द्वी कमला ह्यारिसलाई पराजित गरेका थिए । उनले जनवरी २० मा अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रूपमा शपथ लिनेछन् ।
नोभेम्बर १८ मा अमेरिकी विदेश मन्त्रालय, शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको तथ्याङ्कअनुसार २०२३–२०२४ शैक्षिक वर्षमा दुई सय १० भन्दा बढी मूल स्थानका ११ लाख २६ हजार ६९० अन्तर्राष्ट्रिय विद्यार्थीले अमेरिकी उच्च शिक्षा संस्थाहरूमा अध्ययन गरेका छन्। यो आँकडा अघिल्लो शैक्षिक वर्षको तुलनामा ७ प्रतिशतले बढी हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १२ पुस २०८१, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी सेना इरान जाने सम्भावना छ: डोनाल्ड ट्रम्प
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ
'मोदी मेरा असल मित्र, तर मसँग खुसी छैनन्' : डोनाल्ड ट्रम्प
ममदानीले मलाई भेट्न पहल गर्नुपर्छ, वाशिंटनप्रति सम्मान देखाउनु पर्छ : डोनाल्ड ट्रम्प
डोनाल्ड ट्रम्पले ‘युद्धपछिको गाजाका लागि व्यापक योजना’ बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने
ट्रम्पको कठोर नीतिले अमेरिकामा घट्यो आप्रवासी जनसंख्या, अर्थतन्त्रमा असर पर्ने