काठमाडौ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका छन् ।
शुक्रबार मध्यपुर महोत्सव-२०८१ को उद्घाटन समारोहमा उनले यस्ता महोत्सवले ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन र अवसर सिर्जनामा टेवा पुर्याउने बताए ।
‘हाम्र पुर्खाले हामीलाई सिकाएर गएका जुन सिप, संस्कृति र संस्कार छ । यी सबैलाई जीवन्त राख्नका लागि यो महोत्सवले टेवा पुर्याउँछ भन्ने मलाई विश्वास छ,’ सिंहले भने, ‘आफू जन्मेको ठाउँमा बसेर के नै गर्न सकिन्छ र भन्ने नकारात्मक खालको भाष्य बनाउन खोजिएको छ । काम गर्ने इच्छा भयो भने सम्भावना प्रशस्त रहेको कुरा पनि यो महोत्सवले देखाउन खोजेको छ । देशको अर्थतन्त्रलाई पनि लयमा ल्याउन महोत्सवले प्रत्यक्ष रूपमा प्रभाव पार्छ ।’
कला संस्कृतिले सम्पन्न मध्यपुर थिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरूलाई महोत्सवले विश्वसामु ल्याउन मद्दत गर्ने बताए ।‘मध्यपुर थिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरूलाई विश्वसामु चिनाउन, देखाउन, सम्झाउन र बुझाउनका लागि महोत्सव आयोजन भएको छ । महोत्सवका लागि जति मेहेनत गर्नु भएको छ र जुन लक्ष्य राख्नु भएको छ त्यो पूरा हुन्छ भन्ने पूरा विश्वास छ,’ उनले भने ।
महोत्सव १४ पुससम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ पुस २०८१, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह