एजेन्सी । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनु सरकारको प्राथमिकता रहेको बताएका छन्।
बीबीसी बंगलाका अनुसार शफिकुल आलमले भने, ‘सरकारले बंगलादेशको कानून अनुसार शेख हसिनालाई जतिसक्दो चाँडो फिर्ता ल्याउन काम गरिरहेको छ।’ बंगलादेशले भारतसँग शेख हसिनालाई सुपुर्दगी गर्न माग गरेको छ।
बंगलादेशको विदेश मन्त्रालयका सल्लाहकार मोहम्मद तोहेद हुसेनले हालै शेख हसिनालाई न्यायिक प्रक्रियामा सामेल हुन फिर्ता पठाउनुपर्ने कुरा भारतलाई जानकारी गराएको बताएका छन्।
विद्यार्थी आन्दोलन चर्किएपछि गत अगस्ट ५ मा सत्ता छाड्दै बंगलादेशबाट भागेकी थिइन्। त्यसयता उनी भारतमा शरण लिएर बसिरहेकी छन्।
भारतको विदेश मन्त्रालयका प्रवक्ताले यसको पुष्टि गर्दै भने, ‘हामीले बंगलादेशको उच्चायोगबाट सुपुर्दगी अनुरोध प्राप्त गरेका छौँ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १० पुस २०८१, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेख हसिनाको ‘अवैध सम्पत्ति’ बारे अनुसन्धान सुरु
शेख हसिनाविरुद्ध बङ्गलादेशले माग्यो रेड कर्नर नोटिस
शेख हसिनालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिन भारतसँग बंगलादेशको अनुरोध
शेख हसिनालाई सुपुर्दगी गर्ने बारे भारतले के भन्यो ?
बंगलादेशमा हसिनाको भडकाऊ भाषणको प्रसारणमा प्रतिबन्ध
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल