काठमाडौँ । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि पनि काँग्रेस पार्टी सक्षम रहेको दाबी गरेका छन् ।
काँग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले काँग्रेस रूपन्देहीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक परिवर्तनसँगै आर्थिक समृद्धिको नेतृत्व गर्न पनि काँग्रेसले क्षमता राख्ने बताए ।
उनले भने, ‘जसरी राजनीतिक अधिकार गुमेको बेलामा काँग्रेसले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन पोलिटिकल लिडरसिप लियो, आर्थिक समृद्धिका लागि पनि काँग्रेस पार्टी नै सक्षम छ, तर त्यसका लागि काँग्रेसलाई सांगठनिक रूपमा सशक्त र व्यवस्थित बनाउनुपर्छ ।’
जनताले चाहेको जीवन र जीविकोपार्जन सहज होस् भन्ने सपना काँग्रेसलाई व्यवस्थित गर्यौं भने पूरा गर्न सक्ने उपप्रधानमन्त्री सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ पुस २०८१, १८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह