काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले विद्युत् अनुमतिपत्र होल्ड गर्ने, लाइसेन्स लिने र बिक्री वितरण गर्ने कार्य कानुनी रूपमा अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलाबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ताको तर्फबाट संशोधन प्रस्ताव पेस गर्दै सांसद शर्माले यस्तो बताएका हुन् ।
जलविद्युत् क्षेत्रमा विद्युत् अनुमतिपत्र होल्ड गर्ने, लाइसेन्स लिने र बिक्री वितरण गर्ने कार्य एउटा विकृतिको रूपमा रहेको भन्दै उनले यस्तो कार्य रोक्ने गरी कानुनमै व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
जलविद्युत् उत्पादन अनुमतिको व्यवस्थालाई रोक्न सैद्धान्तिक रूपमा व्यवस्था गर्नुपर्ने भन्दै उनले पहिला पूर्वका खोलानदीमा लाइसेन्स दिने व्यवस्था रहेको र अहिले पश्चिमतिरका नदीखोलाहरूमा दिन थालिएको बताए ।
‘जलविद्युतमा एउटा विकृति छ । विद्युत् अनुमतिपत्र होल्ड गर्ने, लाइसेन्स लिने र बिक्री वितरण गर्ने कार्य चलिरहेको छ । यसलाई रोक्ने गरी कानुनमा व्यवस्था गर्नुपर्छ । एक जना व्यक्तिको आर्थिक क्षमता अनुसार कति काम गर्नसक्छ । त्योअनुसार लाइसेन्स दिने व्यवस्था हुनुपर्छ । त्यस्तो भएमा एक व्यक्तिले लाइसेन्स बिक्री गर्ने कार्यको अन्त्य हुन सक्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ पुस २०८१, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक