काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले विद्युत् अनुमतिपत्र होल्ड गर्ने, लाइसेन्स लिने र बिक्री वितरण गर्ने कार्य कानुनी रूपमा अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलाबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ताको तर्फबाट संशोधन प्रस्ताव पेस गर्दै सांसद शर्माले यस्तो बताएका हुन् ।
जलविद्युत् क्षेत्रमा विद्युत् अनुमतिपत्र होल्ड गर्ने, लाइसेन्स लिने र बिक्री वितरण गर्ने कार्य एउटा विकृतिको रूपमा रहेको भन्दै उनले यस्तो कार्य रोक्ने गरी कानुनमै व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
जलविद्युत् उत्पादन अनुमतिको व्यवस्थालाई रोक्न सैद्धान्तिक रूपमा व्यवस्था गर्नुपर्ने भन्दै उनले पहिला पूर्वका खोलानदीमा लाइसेन्स दिने व्यवस्था रहेको र अहिले पश्चिमतिरका नदीखोलाहरूमा दिन थालिएको बताए ।
‘जलविद्युतमा एउटा विकृति छ । विद्युत् अनुमतिपत्र होल्ड गर्ने, लाइसेन्स लिने र बिक्री वितरण गर्ने कार्य चलिरहेको छ । यसलाई रोक्ने गरी कानुनमा व्यवस्था गर्नुपर्छ । एक जना व्यक्तिको आर्थिक क्षमता अनुसार कति काम गर्नसक्छ । त्योअनुसार लाइसेन्स दिने व्यवस्था हुनुपर्छ । त्यस्तो भएमा एक व्यक्तिले लाइसेन्स बिक्री गर्ने कार्यको अन्त्य हुन सक्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ पुस २०८१, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीतिगत कुरा राम्रो भए पनि बजेटमा आलोचना आवश्यक छ : जनार्दन शर्मा
राजनीतिक सङ्कट समाधानका लागि संविधान संशोधन र गणतन्त्र सुदृढीकरण आवश्यक : जनार्दन शर्मा
संघीयता ल्याउने पार्टीहरू नै संघीयता विरोधी : जनार्दन शर्मा
भारतको ‘अप्रेशन सिन्दूर’ लाई जनार्दन शर्माको समर्थन
नीति तथा कार्यक्रममा राष्ट्रिय सहमति गरौं : जनार्दन शर्मा
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्नः जनार्दन शर्मा