काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको मुख्य चुनौति रहेको बताएका छन् । क्रियाशील सदस्यताको महत्व पार्टी सदस्यहरूलाई बुझाउनुपर्नेमा पनि उनले जोड दिए ।
सोमबार नेपाल कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले क्षेत्रपाटीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।‘अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हो,’ उनले भने, ‘क्रियाशील सदस्यको संख्या धेरै छ । तर, क्रियाशील सदस्यहरूलाई सदस्यताको महत्व बुझाउन नसकेको हो कि ? अब बुझाउनुपर्याे ।’ हरेक क्रियाशील सदस्यहरूलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा उनको भनाइ थियो ।
देशमा प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य मान्यता ल्याउन धेरै संघर्ष गरेको भन्दै उनले जनताको पटक–पटक विश्वास जितेको पार्टी कांग्रेसको क्रियाशील सदस्यता सामान्य विषय नभएको बताए । पार्टीभित्र समस्या भए बसेर समाधान गर्नुपर्नेमा उनले जोड दिए । कांग्रेसको काठमाडौं महानगर समिति काठमाडौंबासीका पिरमर्का र समस्या समाधानका लागि सक्रिय हुनुपर्ने पनि उनले बताए ।
एक सय दिने विशेष अभियानले पार्टी संगठन सुदृढीकरण गर्न सहयोग पुग्ने पनि उनले विश्वास व्यक्त गरे । काठमाडौंमा कांग्रेसको सय दिने विशेष अभियानका लागि पूर्वमन्त्री कृष्णप्रसाद सिटौला खटिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ पुस २०८१, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह