उपभोक्तालाई ठग्ने २७ फर्ममा सिलबन्दी

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ कार्तिक २०७५, ०८ : २३
उपभोक्तालाई ठग्ने २७ फर्ममा सिलबन्दी

काठमाडौँ  । सरकारको अनुगमन टोलीले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा व्यवसायी मर्यादाविपरीत काम गर्ने २७ वटा उत्पादन उद्योग तथा व्यावसायिक फर्ममा सिलबन्दी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा चालू आर्थिक वर्षको तीन महिनामा गरेका ७४८ वटा व्यवसायी फर्ममध्ये २७ वटाले न्यूनतम मापदण्ड पालना नगरेको र उपभोक्ता ठगी गरेको पाइएपछि सिलबन्दी गरेको हो ।

यसरी सिलबन्दी गरिनेमा काठमाडौँको न्यूरोडको पिनटस्, जमलको द कोरियन, बानेश्वरको सङ्गम स्वीटलगायत २७ वटा व्यापारिक फर्म रहेका छन् । विभागका अनुगमन अधिकृत दीपक पोखरेलले सिलबन्दी गरिएकामध्ये अधिकांश पसलको अनुगमन गर्ने क्रममा पसल दर्ताको नवीकरण नभएको, सामान खरिदको बिलविजक दिन नसकेका व्यापारिक फर्ममा सिलबन्दी गरिएको उनीहरूले आवश्यक प्रमाण लिएर विभागमा उपस्थिति भएमा सिलबन्दी पुनः खोलिने जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस