काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनायो ।
कर्णालीका गुल्सन झाले सर्वाधिक २५ रन जोडे । देव खनालले २४, जिशन मक्सुद १२, चाडविक वाल्टन ११ र विलियम वोसिष्टोले १४ रन बनाए । बलिङमा ललित राजवंशी, जिमि निशम र मोहम्मद मोहसिनले दुईदुई, हर्ष थाकर र शेर मल्लले एकएक विकेट लिए ।
यो खेलको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ पुस २०८१, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु
कर्णाली याक्सविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा