काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो चार महिनामा १२४ वटा बलात्कारका घटना भएका छन् । २०८१ साउनदेखि कार्तिकसम्म बलात्कारका १२४ वटा घटना काठमाडौँ उपत्यकामा दर्ता भएका हुन् ।
गत वर्ष सोही अवधिमा ११३ मुद्दा दर्ता भएका थिए । गत आर्थिक वर्षको तुलनामा काठमाडौँ उपत्यकामा बलात्कारको घटना बढेको प्रहरी प्रधान कार्यालयको तथ्यांकबाट देखिएको छ ।
चालु आर्थिक वर्षको साउनपछि कार्तिकसम्मको अवधिमा कोशी प्रदेशमा सबैभन्दा धेरै बलात्कारका मुद्दा दर्ता भएको प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले जानकारी दिए । प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीले भने, ‘चार महिनाको अवधिमा जबरजस्ती करणीको घटना कोशी प्रदेशमा सबैभन्दा धेरै देखिएको छ ।
सो अवधिमा कोशीमा १९५ वटा बलात्कार सम्बन्धी घटना दर्ता भएको थियो । गत आर्थिक वर्षको त्यही समयभित्र १८३ मुद्दा दर्ता भएको थियो । चालु आर्थिक वर्षमा देशभर ८ सय २३ बलात्कारका मुद्दा दर्ता भएका छन् । गत वर्ष सोही अवधिमा ८ सय ९ मुद्दा दर्ता भएका थिए । तुलनात्मक रूपमा बलात्कार बढेको एसएसपी अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलात्कार आरोपमा एक युवक पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षका पुरुष पक्राउ
छोरीलाई बलात्कार गरेर भिडिओ बनाउने बुवा पक्राउ
हाेटलमा बाेलाएर बलात्कार गरेको भन्दै प्रहरी जवानविरुद्ध जाहेरी, आत्महत्याको प्रयास गरेकाे दावी
बलात्कार आरोपमा हेटौंडाबाट ७ जना किशोर पकाउ
बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ