काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको छ। पछिल्लो पटक जिल्ला अदालतले साइवर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजन प्रसाईँले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् ।
उनी विरुद्ध जिल्ला अदालत काठमाडौँमा साइबर अपराधको मुद्दा दायर भएको थियो । उक्त मुद्दामा उनी धरौटीमा रिहा गरेको थियो । जिल्लाले धरौटीमा छोडे पनि प्रहरीले दुःख दिने मनसाय राखेर पक्राउ गरेको र म्याद थप गराएको दाबी गर्दै सर्वोच्चमा निवेदन दर्ता गरिएको हो ।
निवेदनमा प्रसाईँ क्यान्सर जस्तो गम्भीर रोगको बिरामी भएको तर राज्यले दुःख दिने नियतले एकपछि अर्को आरोप लगाउने गरेकाले २४ घण्टाभित्र अदालत झिकाएर साधारण तारेखमा रिहा गर्न आदेशमा माग गरिएको छ।
प्रसाईँका तर्फबाट यसअघि पनि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । उक्त निवेदनमा सुरुमा २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउने आदेश भएको थियो भने पछि खारेज गर्ने फैसला सुनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागारमा राखियो
सरकारी वकिल कार्यालयले फिर्ता पठायो दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरको अनुसन्धान प्रतिवेदन
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा धर्ना
राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने
दुर्गा प्रसाईंसहित ५० जनाको बयान न्यायाधीश कार्कीको इजलासमा
दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति