काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको चुनौती दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।
कर्णालीलाई बलियो स्थितिमा पुर्याएन विदेशी ब्याटरले सानदार प्रदर्शन गरे । जयकिशन कोल्सावालाले ५३ र विलियम बोसिस्टोले ५२ रन बनाए । ३९ बल खेलेका कोल्सावालाले ६ चौका र दुई छक्का प्रहार गरे भने ३९ बल नै खेलेका बासिस्टोले तीन चौका र दुई छक्का प्रहार गरे ।
चाड्विक वाल्टन ४६ रन बनाएर नटआउट रहे । २३ बल खेलेका उनले चार चौका र तीन छक्का प्रहार गरे । त्यसअघि जीसन मक्सूद १४ रन बनाएर आउट भए । रित गौतम डकआउट हुँदा गुल्सन झाले खाता खोल्नै सकेनन् ।चितवनका सोहैल तान्विरले दुई विकेट लिँदा शरद भेस्वाकर, रवि बोपारा र कुशल मल्लले एक/एक विकेट लिए ।
आजको खेल जित्ने टोलीले क्वालिफायर २ खेल्ने छ भने हार्ने टीम बाहिरिने छ । एलिमिनेटर जित्ने टिमले क्वालिफायर १ मा हार्ने टिमसँग खेल्ने छ । त्यो क्वालिफायर २ हुने छ । क्वालिफायर २ मा जुन टिमले जित्छ त्यो फाइनलमा पुग्ने छ ।
क्वालिफायर–१मा दिउँसो सवा १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने छन् । क्वालिफायर १ मा जित्ने टोली सिधै फाइनलमा पुग्ने छ भने हार्ने टोलीका लागि अर्को एक मौका हुने छ । पुस ६ गते एनपीएल पहिलो संस्करणको फाइनल हुने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु
कर्णाली याक्सविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा