कोलम्बो । पैसा बचाउन श्रीलंका सरकारले महत्त्वपूर्ण कदम उठाएको छ । पूर्व राष्ट्रपतिहरूलाई प्रदान गरिँदै आएको अत्यधिक व्यक्तिगत सुरक्षामा कटौती गर्ने निर्णय सरकारले गरेको छ ।
सरकारले जनवरी १ देखि पूर्व राष्ट्रपतिलाई दिइने सुरक्षाकर्मीको संख्या घटाउने घोषणा गरेको हो । सरकारको उद्देश्य सम्पूर्ण देशको सुरक्षा सुनिश्चित गर्नु भएको श्रीलंकाका मन्त्री आनन्द विजेपालाले मंगलबार बताए । यो निर्णय सरकारको नीति अनुरूप भएको पनि बताइएको छ ।
सार्वजनिक क्षेत्रका उच्च पदमा बस्नेहरूलाई पनि सर्वसाधारण नागरिक सरह सुविधा दिने वाचा आफूहरूले देशसँग गरेको विजेपालाले बताएका छन् ।
सन् २०२४ मा पूर्वराष्ट्रपतिहरूको सुरक्षामा मात्रै श्रीलंकाले १४४ करोड ८० लाख स्थानीय रकम खर्च गरेको थियो । अहिलेको कठिन समयमा यो जनतामाथि बोझ भएको विजेपालाको भनाइ छ ।
पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेको खर्च सबैभन्दा बढी छ । राजापाक्षको सुरक्षामा मात्रै राज्यले वार्षिक ३२ करोड ६० लाख खर्च गर्दै आएको छ । अब भने सबै पूर्वराष्ट्रपतिलाई ६० जना मात्रै प्रहरी उपलब्ध गराइने समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि