काठमाडौं। सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयनसँग जोडिएका कानून चाँडै बन्ने बताएका छन् । पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन उद्घाटन समारोहमा सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
संसारमा संसद् प्रभावकारी भएमात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्ने गरेका उदाहरण रहेको उनले बताए । ‘संघीयतालाई बलियो बनाउने कानून निर्माण गर्न संसद्को प्रयत्न र प्रयास पर्याप्त रहे पनि परिणाम आउन सकेको छैन,’ उनले भने ।
सभामुख घिमिरेले लामो राजनीतिक आन्दोलनले धेरै व्यवस्थाहरू परिवर्तन गरेको बताउँदै अब निर्माणका लागि सबै शक्ति लगाउनुपर्नेमा जोड दिए । प्रमुख राजनीतिक शक्तिहरूले जिम्मेवारीबोध गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले नागरिकको विकास आकांक्षा पूरा गर्नेतिर केन्द्रित हुन अपिल गरे ।
संघीयता कार्यान्वयनसँग जोडिएका कानूनहरू निर्माण गर्न ढिला भएको बताउँदै उनले आगामी अधिवेशनमा ती विधेयक पारित गर्न संसद्ले सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।
‘आधारभूतरूपमा संघीयताको पक्षमा भएका र संविधान निर्माणमा योगदान गरेका दलहरू नेतृत्वमा रहेकाले संविधान अनुकूल निर्माण गर्नुपर्ने कानून बन्नेमा आशावादी बन्न सकिन्छ,’ उनले भने । सम्मेलनमा संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशसभाका पदाधिकारीको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको अवरोधबारे पाँच दलसँग छलफलमा सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति
विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख घिमिरे
संसद्को अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
सभामुख घिमिरेले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने