काठमाडौँ । सुर्खेत विमानस्थलको रनवे (धावनमार्ग) मा कुकुर दौडिएपछि काठमाडौँबाट गएको श्री एयरको जहाजले ‘ओभर सुट’ गरेको छ ।
काठमाडौँबाट सोमबार मध्यान्ह उडेको श्री एयरको कलसाइन ९एन१२२ को जहाज सुर्खेत विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि ओभर सुट गरेको हो । दिउँसो सवा १ बजे अवतरणका लागि तम्तयार भएर एयरपोर्ट क्षेत्रमा जहाज पसिसकेको अवस्थामा रनवेमा कुकुर दौडिन थालेको थियो ।
रनवेमा कुकुर दौडिएपछि अवतरण गर्न लागेको श्री एयरको जहाजले ओभर सुट गरेर सम्भावित दुर्घटना टार्न सफल भएको विमानस्थल स्रोतले जनाएको छ । उक्त जहाजले छिन्चुको आकाशमा तीन फन्का लगाएपछि अहिले सुर्खेत विमानस्थलमै अवतरण गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्री एयरलाइन्सले भोलिबाट काठमाडौँ-भरतपुर उडान भर्ने
श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौं-भरतपुर उडान गर्ने
सुर्खेत उडेको केही मिनेटमै श्री एयरलाइन्सको जहाजमा समस्या, आकस्मिक अवतरण
श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि...
श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ