काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।
कर्णालीका लागि ओमानी खेलाडी जिासन मकसुदले ३० रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । बलिङमा सुदूरपश्चिमका लागि हर्मित सिंहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए ।
कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । साथै उनले २ रनआउट पनि गरे ।स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट नै लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु
कर्णाली याक्सविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा