काठमाडौँ । पुस महिनाका लागि ११ वटा बैंकले ब्याजदर समायोजन गरेका छन् ।
बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार २० वाणिज्य बैंकमध्ये सो बराबर बैंकले ब्याजदर समायोजन गरेका छन् । यसमध्ये ९ वटा बैंकको ब्याजदर घटेको छ । बाँकी दुई बैंकले भने निक्षेपको प्रकारका आधारमा ब्याजदर घटबढ गरेका छन् ।
साधारण बचत खातातर्फ तीनवटा बैंकले ब्याजदर घटाएका छन् भने एउटा बैंकको ब्याजदर सामान्य बढेको छ। त्यस्तै, एकवर्षे व्यक्तिगत मुद्दती खाता अन्तर्गत तीन वटा बैंकको ब्याजदर घटाउँदा एउटा बैंकको ब्याजदर मात्रै बढेको छ ।
त्यस्तै, एकवर्षे संस्थागत मुद्दती खातामा आठवटा बैंकले ब्याज घटाएका छन् । नयाँ ब्याजदर आजदेखि लागू भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?
तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
सिन्धुलीमा कर्मचारीलाई बाँधेर बैंक लुटपाट, स्थानीयले भेटे बोरामा पैसा