वासिङ्टन डिसी । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले सयौं जनालाई सजाय माफी दिने भएका छन् । जनवरी २० मा आफूले शपथ लिने बित्तिकै सन् २०२१ मा क्यापिटल हिलमा भएको हमलामा आफ्ना समर्थकहरूलाई माफी दिने बताएका हुन् ।
राष्ट्रपतिको चुनाव जितेपछिको पहिलो अन्तरवार्तामा ट्रम्पले यस्तो बताएका हुन् । ‘उनीहरू नर्कमा बाँचिरहेका छन्’ एनबीसीको मिट द प्रेस कार्यक्रममा उनले भने । सन् २०२१ मा क्यापिटल हिलमा भएको हमलामा १ हजार २५० जनाभन्दा बढीलाई दोषी ठहर्याइएको थियो ।
यसमध्ये ६४५ जनालाई केही दिनदेखि २२ वर्षसम्मको सजाय दिइएको थियो ।पदको शपथ लिनेबित्तिकै पहिलो दिनदेखि नै आफूले तीव्रतासँग काम गर्ने पनि उनले बताएका छन् ।
के हो क्यापिटल हिल काण्ड ?
सन् २०२० को राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक नेता जो बाइडेनले जितेपछि अमेरिकामा हिंसा भएको थियो । त्यसपछि ट्रम्पका समर्थकहरूले २०२१ को जनवरीमा अमेरिकी संसद रहेको क्यापिटल हिललाई घेरा हाले । अनि तोडफोड पनि गरे । यो हिंसापछि अमेरिकी जाँच एजेन्सीले यो मामिलामाथि छानबिन गर्यो ।
२०२० को निर्वाचन हारेपछि ट्रम्पले ह्वाइट हाउस खाली गर्न पनि अस्वीकार गरेका थिए । यतिमात्रै होइन उनले सत्ता हस्तान्तरण गर्न पनि अस्वीकार गरेका थिए । तर दबाब बढेपछि ट्रम्पले समर्थकहरूको एउटा र्याली आह्वान गरे । अनि र्यालीमा उनले क्यापिटल हिलमाथि हमला गर्न भीडलाई उक्साए ।
ट्रम्पका समर्थकहरूले संसदमा हमला गरे। यस घटनामा प्रहरीसमेत कयौं मानिस घाइते भए । घटनामा संलग्न कयौंलाई पक्राउ गरियो र मुद्दा चलाइयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प
ट्रम्पको ४८ घण्टे धम्कीमा इरानको प्रतिक्रिया : 'तिमीहरूका लागि नर्कको ढोका खुल्नेछ
अमेरिकी सेना इरान जाने सम्भावना छ: डोनाल्ड ट्रम्प
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ
'मोदी मेरा असल मित्र, तर मसँग खुसी छैनन्' : डोनाल्ड ट्रम्प