काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) एकैदिन ४६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) बजार ४५.९३ अंकले घटेर २ हजार ६८९ अंकमा झरेको हो । बिहीबार बजार उक्त परिसूचक २ हजार ७३४.९३ विन्दुमा थियो । आज बजारमा ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको १ करोड ४१ दाख कित्ता सेयर कारोबार भयो ।
बजारमा आज २१४ कम्पनीको सेयर मूल्य घट्दा २७ कम्पनीको मूल्य बढेको छ । तीन कम्पनीको मूल्य स्थिर रहेको देखिन्छ । आज बजारमा सबै प्रकारका परिसूचक र उपसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट जीवनबीमा समूहको ३.०८ प्रतिशतले हुँदा सबैभन्दा थोरै उत्पादन तथा प्रशोधनमूलक उद्योगको ०.३२ प्रतिशतले मूल्य घटेको छ।
आज बजारमा मानुषी लघुवित्त, एलआईसी नेपाल र जोशी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेकर लाग्दा सामुदायिक लघुवित्तको सेयर मूल्य समेत ९.९७ विन्दुले घटेको छ । खानीखोला हाइड्रोपावरको सेयर मूल्य भने सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ ।
आज बजारमा कारोबार रकम, कारोबार भएको सेयर संख्या र कारोबार संख्याका आधारमा फरक फरक कम्पनी सबैभन्दा अगाडि देखिएका छन् ।
कारोबार रकमका आधारमा एनआरएन इन्फास्ट्रक्चर ३२ करोड ६४ लाखसहित अगाडि हुँदा कारोबार भएको सेयर संख्याका आधारमा लक्ष्मी उन्नति कोष २० लाख इकाइ तथा कारोबार संख्याका आधारमा नेपाल फाइनान्स १८१० पटक कारोबार भएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार