काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौंका दुई ठाउँबाट १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ६० वर्षीय दिलबहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा दिलबहादुर समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी नागार्जुन नगरपालिका–३ गैरीगाउँ बस्ने हर्कबहादुर गुरुको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय दोर्जे लामा समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार ७ सय ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ