बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्थानीय स्रोत र साधनको अधिक उपयोग गरी देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सकिने बताएका छन् ।
नेपाल राष्ट्रिय उद्योग-व्यापार संगठनको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै उनले फलाम, तामालागयत बहुमूल्य खनिज उत्खननमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए । सूचना प्रविधिको क्षेत्रमा मुलुकले प्रगति गरेको र अझै धेरै गर्ने स्थान रहेकाले त्यसतर्फ पनि विशेष ध्यान दिन आवश्यक भएको उनले बताए ।
पूर्वअर्थमन्त्री शर्माले यस भेगका प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ र कालिका भगवतीमा धार्मिक पर्यटकको आगमन बढाउन कालीगण्डकीमा पाइने शालिग्रामको महत्वबारे प्रचुरमात्रामा प्रचारप्रसारका साथै कालीगण्डकीको तटीय क्षेत्रको विकास अपरिहार्य भएको विचार व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २२ मंसिर २०८१, १७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा