काठमाडौँ । नेकपा (माओवादी केन्द्र)निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टी (नेसपा)निकट शिक्षक समाजबीच एकता घोषणा भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा दुवै संगठनबीच एकता भएको घोषणा गरिएको हो ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ मंसिर २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस