चितवन । भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जंगल छेउको गोन्द्राङसम्म ६ किलोमिटर सडकलाई ६ लेन बनाउने काम अन्तिम चरणमा पुगेको छ।
२०७७ भदौमा शुरु भएको सडक विस्तारको काम बजेट पर्याप्त नहुँदा ३० प्रतिशत काम बाँकी रहेका कारण बाँकी काम सक्नका लागि काम भाई रहेको भरतपुर डिभिजन सडक कार्यालय बताएको छ ।
शुरुको सम्झौताअनुसार ०७९ फागुन १० मा काम सकिनुपर्ने थियो। तर आधा जति काम मात्रै पूरा भएका कारण म्याद थपेर गत मंसिर २३ सम्म सक्ने लक्ष्य दिइएको थियो । थप म्यादमा पनि काम पूरा नभएपछि फेरि म्याद थपिएको छ ।
मुख्य बजार क्षेत्र भएर जाने सडक विस्तारढिला हुँदा सर्वसाधारणले सास्ती पाएका छन्।
(तस्बिर : नेपाल फोटो लाइब्रेरी )
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ मंसिर २०८१, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना