काठमाडौँ । काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष १० मा परेको छ । काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । आज (शनिबार) बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको आईक्यू एयर सूचकाङ्क १७८ रहेको छ ।
यहाँ पीएम२.५ को अवस्था ९४.५ रहेको छ । यसलाई विश्व स्वास्थ्य संगठनले अस्वस्थकर मानेको छ । सबैभन्दा धेरै प्रदूषण भएका क्षेत्रहरूमा हाँडीगाउँ, तथली, चुन्ने पाखालगायत रहेका छन् ।
विश्वकै प्रदूषित सहरको सूचीमा इजिप्टको कायरो शीर्ष स्थानमा रहेको छ । चीनको सांघाई र हाङझउ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । भारतको नयाँ दिल्ली चौथो र बंगलादेशको ढाका पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ मंसिर २०८१, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट