काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कर्णाली याक्सले पहिलो जित हासिल गरेको छ । कर्णाली याक्सले शुक्रबार सम्पन्न पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हारको स्वाद चखाएको हो ।
जारी एनपीएलमा कर्णाली याक्सको यो पहिलो जित हो भने चितवन राइनोजको पहिलो हार । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली याक्सले भने १९।५ ओभरमा चार विकेट गुमाएर एक सय ३२ रन बनाउँदै विजयलक्ष्य पार गर्यो । कर्णाली याक्सका लागि प्रभावशाली ब्याट्सम्यान शिखर भवनले ४५ रनको योगदान गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु
कर्णाली याक्सविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा