काठमाडौं । नेपाली कांग्रेस उपनिर्वाचनको मतरिणामबाट सन्तुष्ट देखिएको छ । कुल ४४ मध्ये पदमध्ये कांग्रेसबाट १९ निर्वाचित भएका छन् । उपनिर्वाचन भएका स्थानमा कांग्रेसबाट यसअघि २७ जनाले जितेका थिए । दुई जिल्लामा जिल्ला समन्वय प्रमुख, एक पालिका प्रमुख र १९ वडाध्यक्ष कांग्रेसबाट निर्वाचित भएका छन् ।
यसपटक एक्लाएक्लै प्रतिस्पर्धा गर्दा प्राप्त गरेको मतपरिणामबाट कांग्रेस सन्तुष्ट देखिएको हो ।महामन्त्री विश्वप्रकाश शर्माले अरु दलहरूको वैशाखी टेकेर जितेको सिट भन्दा एक्लै लडेर जितेको सिट महत्त्वपूर्ण भएको बताए ।
‘अहिले निर्वाचन भएका २७ सिटमा धेरै ठाउँ गठबन्धनका बलमा जितेको ठाउँ थियो,’ शर्माले भने, ‘२०७९ र अहिलेको निर्वाचनमा के फरक छ भने अहिले आफ्नो तागतमा यो परिणाम आएको हो ।’
प्रारम्भिक समीक्षामा विज्ञप्ति मार्फत महामन्त्री विश्वप्रकाश शर्माले भनेका छन्, ‘ रिक्त ४४ मध्ये १९ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए । समग्रमा यो ४३.१८ प्रतिशत हो । ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थान भन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम तर राजनैतिक, सांगठनिक र गुणात्मक रुपले बढी महत्त्वपूर्ण छ ।’
उपनिर्वाचन भएका पालिका प्रमुख, उप प्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कांग्रेसले ८ पद जितेको थियो । यसअघि जितेको मोरङको ग्रामथान अध्यक्ष, जाजरकोटको नलगाड उपप्रमुख, दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर र बाजुराको स्वामिकार्तिक खापरमा कांग्रेसले गुमाएको छ ।
गाउँपालिका उपाध्यक्ष गरी तीन नयाँ पदाधिकारी एमालेले लगेको छ । प्रमुख पदमा कांग्रेसले कीर्तिपुर मात्रै बचाएको छ ।०७९ मा विजय भएका केही स्थान हामीले गुमेको र अन्य दलले जितेका केही स्थानमा विजय हासिल गरेको महामन्त्री शर्माले बताए ।
उपनिर्वाचन परिचालन समितिका संयोजक समेत रहेका शर्मा भन्छन्, ‘लोकतन्त्रमा शतप्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच हुन्न, तर जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्वपूर्ण रहने हाम्रो निष्कर्ष छ । हामी यो गर्नेछौं ।’
अघिल्लो निर्वाचनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी लगायतका दलसँग कांग्रेसले चुनावी तालमेल गरेको थियो । पश्चिम रुकुम र पूर्वी रुकुममा कांग्रेस र एमालेले चुनावी तालमेल गरेका थिए ।
पश्चिम रुकुमको सानीभेरी वडा नम्बर ५ मा एमालेको बलमा कांग्रेसले वडाध्यक्ष जित्यो । पूर्वी रुकुम पृथा उत्तरगंगामा एमालेलाई कांग्रेसले समर्थन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा काँग्रेसले पनि जनायो असहमति
माओवादीले दुःख दिएको भन्दै अमेरिकाका लागि फर्जी कागजात बनाउने काँग्रेसको निगरानीमा
काँग्रेसले भन्यो-‘संसदीय समितिले दिएको प्रतिवेदनको मर्म अनुसार पार्टीले रामहरिबारे निर्णय लिन्छ’
भिसाका नाममा विपक्षी दलहरूले संसदको दुरुपयोग गरेको भन्दै काँग्रेसले जनायो गम्भीर आपत्ति
कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक सुरु