काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो पार्टीकी समानुपातिक सांसद गोमा लाभलाई पदबाट हटाउन पटक(पटक लेखेको पत्रको सभामुख देवराज घिमिरेले बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ ।
जनमतका प्रवक्ता डा. शरद यादवले विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसमेतबाट हटाइसकेको लाभलाई सभामुखले बचाउन खोजेको आरोप लगाएका हुन् ।राजनैतिक दलसम्बन्धी ऐन २०७३ ले सभामुख वा संघीय संसद सचिवालयलाई कारबाहीसम्बन्धी दिएको अधिकार दलले निर्णयसहितको सूचना दिएपछि सचिवालयले १५ दिनभित्र त्यस्तो सूचनाको जानकारी सम्बन्धित सदन वा सभामा दिने हो वा अधिवेशन चालू नरहेको अवस्थामा सूचना टाँस गर्ने व्यवस्था रहेको उल्लेख छ ।
जनमतले भनेको छ, ‘कारबाहीको प्रक्रिया मिले नमिलेको, आधार गम्भीर रहे नरहेको, कागजात सक्कली रहे नरहेको फोरेन्जिक जाँच’ गर्ने आदि अधिकार संघीय संसद सचिवालयलाई स्पष्ट रूपमा छैन ।’
तर संघीय संसद सचिवालयले अन्य दल तथा निकायको प्रभावमा तथा सभामुखको आफ्नो नातेदार वा समुदायको मान्छे कारबाहीमा पर्न लाग्यो भन्दैमा सो अधिकार क्षेत्र मिच्दै हदभन्दा बाहिर गएर निर्णय गरेको ठहर जनमत पार्टीको रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ मंसिर २०८१, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा जनमत सहभागी नहुने
७ दिने स्पष्टीकरणसहित जनमतले दुई नेतामाथि अघि बढायो अनुशासनको कारवाही
पहिचानवादी शक्ति एक ठाउँमा आउन नदिन रेशमलाई पक्राउ गरियो : जनमत
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकीकरण हुँदै
जनमतको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
जनमत र नाउपाले वैशाख १७ गते पार्टी एकता घोषणा गर्ने