काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ४०० रुपैयाँ घटेर तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ घट्दै १ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?
सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग
सुनको मूल्य स्थिर,चाँदीको मूल्य कति ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य घट्यो
सुनचाँदी व्यवसायीले खोले पसल