सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सफल खबर संवाददाता

सोमबार, २१ बैशाख २०८३, ११ : १८
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेर दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको भने बढेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले बढेर पाँच हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो आइतबार चाँदी तोलामा ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस