काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारीमा रहनु परेकाले आज हुने नेपाल प्रिमियर लिग(एनपीएल)को खेल हेर्ने मौका नपाएको बताएका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएलको आजको खेल हेर्न नपाउने भएको बताएका हुन्।
उनले लेखेका छन् -‘कीर्तिपुरको क्रिकेट मैदानमा आजदेखि नेपाल प्रिमियर लिग(एनपीएल)सुरु हुँदैछ । हाम्रो छिमेकी मित्रराष्ट्र चीन भ्रमणको तयारीमा रहनु परेकाले आज खेल हेर्ने मौका पाउन सकिनँ, एनपीएलमा सहभागी हुने ८ वटै फ्रेन्चाइज टोलीले उत्कृष्ट खेल्ने छन् । विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स, सबै टोलीलाई शुभकामना । सबै खेलाडीलाई सम्झेको छु है !
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ मंसिर २०८१, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति