विश्वकप ट्रफी यसै साता नेपाल आउने

पत्रपत्रिकाबाट

मंगलबार, ०६ कार्तिक २०७५, ०७ : ३९
विश्वकप ट्रफी यसै साता नेपाल आउने

काठमाडौं । अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ । 

ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नेपालस्थित प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् । ‘आईसीसी विश्वकप ट्रफीको नेपाल टुर कार्यक्रम भव्य बनाउने तयारीमा हामी जुटेका छौं’, घिमिरेले भनिन्, ‘यसै साता आउने भए पनि दिनको टुंगो लाग्न बाँकी छ ।’ 

आईसीसी विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याउन लागिएको यो पहिलो पटक हो । फुटबल विश्वकपको ट्रफी भने यसअघि नेपालमा आइसकेको छ । सन् २०१४ मा ब्राजिलमा फिफा विश्वकप सुरु हुनुअघि सो ट्रफी ल्याइएको थियो। आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ । 
 

प्रतिक्रिया दिनुहोस