काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै नयाँ भनेर आएको दलको टाउकोमै समस्या रहेको टिप्पणी गरेका छन् ।
कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले काँग्रेस, एमाले, माओवादीभित्र पनि समस्या रहेको बताए ।
उनले भने, ‘मेरै पार्टीभित्र समस्या छ, एमाले र माओवादीमा समस्या छ । समस्या सबै दलहरूभित्र छ । नयाँ भनेर आएको दलको त झन् माथि टाउकोमै समस्या रहेछ । जताततै छ । त्यसैले हामीले पहिला आफ्नो घरभित्रको फोहोर सफा गर्नुछ ।’
उनले माओवादीले काम न काजले १० वर्ष बन्दुक बोकेर देशको दश वर्ष खेर फ्याँलेको टिप्पणी गरे ।
उनले भने, ‘अहिले केटाहरू कतार काम गर्न गएका छन्, बहिनीहरू इजरायल काम गर्न गएका छन् । कतार र इजरायल काम गर्न गएकाहरू मुठ्ठी कसेर मात्रै फिर्ता आउँदैनन्। भनेर मात्रै आउँदैनन् । कतारमा पाएको भन्दा बढी तलब पाउने बनाउनुपर्छ हामीले यहाँ । म सक्छु भन्ने ठान्छु । म भनेको काँग्रेस हामीले सक्छौँ भन्ने ठानेका छौँ । सकिन्छ, यहीँ बसेका केटाकेटीलाई महिनाको तीन चार लाख कमाउने बनाउन सकिन्छ । यसको अवसर ल्याएको छ । सूचना प्रविधिको अवसरलाई हामीले सदुपयोग गर्न सक्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ मंसिर २०८१, १८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
निर्वाचन भन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयोः गगन थापा
‘सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो’ : गगन थापा
'लोकतन्त्रको विकल्प, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो' : गगन थापा