काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै नयाँ भनेर आएको दलको टाउकोमै समस्या रहेको टिप्पणी गरेका छन् ।
कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले काँग्रेस, एमाले, माओवादीभित्र पनि समस्या रहेको बताए ।
उनले भने, ‘मेरै पार्टीभित्र समस्या छ, एमाले र माओवादीमा समस्या छ । समस्या सबै दलहरूभित्र छ । नयाँ भनेर आएको दलको त झन् माथि टाउकोमै समस्या रहेछ । जताततै छ । त्यसैले हामीले पहिला आफ्नो घरभित्रको फोहोर सफा गर्नुछ ।’
उनले माओवादीले काम न काजले १० वर्ष बन्दुक बोकेर देशको दश वर्ष खेर फ्याँलेको टिप्पणी गरे ।
उनले भने, ‘अहिले केटाहरू कतार काम गर्न गएका छन्, बहिनीहरू इजरायल काम गर्न गएका छन् । कतार र इजरायल काम गर्न गएकाहरू मुठ्ठी कसेर मात्रै फिर्ता आउँदैनन्। भनेर मात्रै आउँदैनन् । कतारमा पाएको भन्दा बढी तलब पाउने बनाउनुपर्छ हामीले यहाँ । म सक्छु भन्ने ठान्छु । म भनेको काँग्रेस हामीले सक्छौँ भन्ने ठानेका छौँ । सकिन्छ, यहीँ बसेका केटाकेटीलाई महिनाको तीन चार लाख कमाउने बनाउन सकिन्छ । यसको अवसर ल्याएको छ । सूचना प्रविधिको अवसरलाई हामीले सदुपयोग गर्न सक्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ मंसिर २०८१, १८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान रक्षा गर्न समयमै निष्पक्ष निर्वाचन: गगन थापा
सिंगो देशसँग कांग्रेसले माफी माग्नुपर्दछ: गगन थापा
एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै काँग्रेसका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन
गगन थापाको अनुभूति : 'त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ'
सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
नारायणी अस्पतालमा अत्यावश्यक औषधि र जनशक्ति तयारी अवस्थामा राख्नुपर्छ : गगन थापा