कांग्रेस महासमिति बैठक सर्ने

पत्रपत्रिकाबाट

मंगलबार, ०६ कार्तिक २०७५, ०७ : २८
कांग्रेस महासमिति बैठक सर्ने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा हुनेमा केन्द्रीय सदस्यहरुले आशंका व्यक्त गर्न थालेका छन् । 

केन्द्रीय समिति बैठक नै अनिश्चित भएको भन्दै उनीहरुले यस्तो आशंका व्यक्त गरेको समाचार आजको कारोबारको पृष्ठ २ मा छापिएको छ । 

सभापति शेरबहादुर देउवाले नेविसंघमा ३२ बर्षे उमेर हद बहुमतका आधारमा पारित गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले 'नोट अफ डिसेन्ट' लेखेका थिए । 

त्यसपछि गत असोज २५ गतेका लागि बोलाइएको बैठक उनीहरुले बहिष्कार गर्ने चेतावनी दिएपछि अनिश्चितकालका लागि स्थगन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस