काठमाडौँ । दक्षिण कोरियाको राजधानी सोलमा भारी हिमपात भएको छ । द कोरिया हेराल्डका अनुसार सोलमा इतिहासकै तेस्रो बाक्लो हिमपात भएको हो । बुधबार र बिहीबार सोलमा बाक्लो हिमपात भएको हो ।
बिहीबार बिहान ८ बजे सोलमा २८.६ सेन्टिमिटरसम्म हिउँ जमेको समाचारमा जनाइएको छ । सन् १९०७ देखि कोरियामा हिमपातको रेकर्ड राख्न थालिएको हो ।सोलमा मार्च २४, १९२२ मा ३१ सेन्टिमिटर हिउँ परेको थियो । जनवरी ३१, १९६९ मा ३० सेन्टिमिटर र त्यसै वर्षको फेब्रुअरी १ मा २८.६ सेन्टिमिटर हिउँ परेको थियो ।
शुक्रबारसम्म मुलुकका विभिन्न भागमा हिउँ पर्ने सम्भावना रहेको पनि त्यहाँको मौसम विभागले जनाएको छ । लगातार बाक्लो हिउँ परेपछि दर्जनौँ उडानहरू बन्द भएका छन् ।
साथै फेरी हरू पनि बन्द गरिएको स्थानीय समाचार माध्यमहरूले जनाएका छन् । अत्यधिक चिसोका कारण कम्तीमा ४ जनाको मृत्यु भएको योन्हाप न्युज एजेन्सीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ मंसिर २०८१, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
एक दशकपछि दक्षिण कोरियाको जन्मदर बढ्यो