काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सीमित स्रोतभित्र अधिकतम लाभ लिने प्रयास गर्नुपर्ने बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा भइरहेको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठकमा उनले भने, “अपुग स्रोतकै कारण चाहेका कति कार्यक्रम लागू गर्न सकिएको छैन, राज्यले छुट्याएको बजेटभित्र अधिकतम सेवा कसरी दिन सकिन्छ भन्ने प्रयास गर्नुपर्छ ।” उनले भएकै बजेट पनि उचित कार्ययोजना नभएका कारण खर्च हुन नसकेको बताए ।
उनले सर्वसाधारणले अस्पतालको सेवा विश्वास गर्ने हुनाले अस्पतालको सरसफाइमा ध्यान दिन, कुन सेवा कति शुल्क लिने भनेर खुलाएर वेबसाइट वा बोर्डमा राख्न, स्वास्थ्यकर खाना खुवाउनमा ध्यान दिन आवश्यक रहेको बताए । मन्त्री पौडेलले अस्पताललाई प्लाष्टिकमुक्त क्षेत्र बनाउन प्रयत्न गर्नमा जोड दिनुपर्ने बताए ।
वार्षिक रूपमा हुने यो समीक्षा बैठकमा गत आर्थिक वर्षका उपलब्धि र प्रगतिको समीक्षा एवं भावी योजनाका लागि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा महाशाखा लगायतका पदाधिकारीको उपस्थिति रहेको छ । बैठक शुक्रबारसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ मंसिर २०८१, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रसूति गृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो’: स्वास्थ्यमन्त्री पौडेल
प्रत्यारोपणका नीति नियमलाई खुकुलो बनाउन आवश्यक छ: स्वास्थ्यमन्त्री पौडेल
सरकारले मात्रै नि:शुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराउन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल
१३ महिना भयो स्वास्थ्य जनशक्ति बढाउन पहल गरेको, सकेको छैन: स्वास्थ्यमन्त्री पौडेल
नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल
बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँः स्वास्थ्यमन्त्री पौडेल