पाँच लाखले पाएका छैनन् 'स्मार्ट लाइसेन्स'

पत्रपत्रिकाबाट

मंगलबार, ०६ कार्तिक २०७५, ०७ : १३
पाँच लाखले पाएका छैनन् 'स्मार्ट लाइसेन्स'

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन प्रक्रिया पूरा गरेका पाँच लाखभन्दा बढी चालकले स्मार्ट कार्ड पाउन सकेका  छैनन् ।

 स्मार्ट कार्डको अभावमा ‘ट्रायल’ पास गरेकाहरूले समेत रसिदको भरमा सवारी चलाउँदै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

नेपालमा २३ लाखभन्दा बढी सवारीचालक अनुमतिपत्र जारी गरिएको छ । ती अनुमतिपत्रलाई नवीकरण गर्दा स्मार्ट कार्ड नै लिनुपर्ने नियम छ । 

पुराना नवीकरण गर्दा र नयाँ लिँदा स्मार्ट कार्ड नै लिनुपर्ने भए पनि पर्याप्त छपाइ हुन नसक्दा सेवाग्राहीले समस्या भोग्दै आएका छन् । 

 

प्रतिक्रिया दिनुहोस