काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गरिएको रिट खारेज गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार उक्त आदेश गरेको हो ।
प्रहरी हिरासतमा रहेका प्रसाईंका हकमा उनका छोरा निराजन प्रसाईंले गृहमन्त्रालय समेतलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश गरेको हो ।साथै सर्वोच्चले विपक्षीको नाममा निर्देशानात्मक आदेशसमेत जारी गरेको छ ।
विदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै 'फेक डकुमेन्ट' सार्वजनिक गरेको अभियोगमा उनलाई सीआईबीको टोलीले यही मंसिर ४ गते पक्राउ गरेको थियो ।
यसअघि उनी असोज ६ गते पनि पक्राउ परेका थिए । सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको उजुरीको आधारमा साइबर ब्यूरोले उनलाई पक्राउ गरेको थियो। अदालतको आदेशबाट पछि उनी धरौटीमा रिहा भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ