काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् । भ्रमण टोलीमा सहभागी हुने नेपाली टोलीको कूल संख्या यकिन भइसकेको छैन ।
परराष्ट्र स्रोतका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जानेछिन् । उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको छ । ‘१५ मंसिरमा मन्त्री राणा देउवा नेपाल फर्केर १७ मंसिरमा प्रधानमन्त्री ओलीसँग राणा पुनः चीन जाने गरी कार्यतालिका बनेको छ,’ परराष्ट्र स्रोतले भन्यो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग १८ मंसिरमा भेट हुनसक्ने परराष्ट्र स्रोतले जानकारी गराएको छ । ‘प्रधानमन्त्री गएको भोलिपल्ट उच्चस्तरीय भेट हुनसक्छ । तर, औपचारिक तालिका आइसकेको छैन,’ परराष्ट्र स्रोतले भन्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकता र एकीकरणको चरण समाप्त भयो मर्ज गर्न सकिन्छ : ओली
प्रधानमन्त्री ओली सोलुखुम्बुमा
मधेशका नेताले संविधानको धारा-धारामा राजनीति गरेर जनता अल्मल्याए : प्रधानमन्त्री
सगरमाथा क्षेत्र पुगेको सडक उद्घाटन गर्न प्रधानमन्त्री जाने
त्रिवि दीक्षान्त समारोहमा प्रधानमन्त्रीको सम्बोधन- कुनै शक्तिसँग नझुक्ने स्वाभीमानी नागरिक हौं
त्रिविको सभा सिंहदरबारमा, सदस्यहरूको असन्तुष्टि