पर्सा । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका-१६ ईनर्वागाउँ बस्ने ३० वर्षीय सन्तोष दास तत्मा र सोही महानगरपालिका-१६ नगवा बस्ने ३१ वर्षीय हरिशंकर शर्मा रहेका छन् ।
रौतहट कटहरिया नगरपालिका-६ बस्ने ४१ वर्षीय पुरुषलाई आइतबार अपहरण गरी फिरौती रकम माग गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगन्ज महानगरपालिका-१६ ईनर्वागाउँबाट पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूको साथबाट नगद ५० हजार रुपैयाँ र अपहरणमा प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरू उपर अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ मंसिर २०८१, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ