तेल अभिभ । लेबनानी सशस्त्र समूह हिजबुल्लाहसँगको लडाई अस्थायी रूपमा रोक्न युद्धविरामको प्रस्तावमाथि छलफल गर्न इजरायलको मन्त्री परिषद्ले छलफल गर्ने भएको छ ।
प्रस्तावित युद्धविराम सुरुमा ६० दिनको लागि हुनेछ । यसमा लेबनानबाट इजरायली सेना फिर्ता ल्याउने विषय पनि संलग्न भएको भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
यसको बदलामा हिजबुल्लाहले लितानी नदीको दक्षिणमा रहेका आफ्ना लडाकुहरू फिर्ता लैजाने बताइएको छ । यसको सट्टामा त्यहाँ लेबनानी सेनालाई राखिनेछ । सम्झौता पक्का भइसकेको भनेर कूटनीतिज्ञहरूले बताएको भएपनि दुई पक्षबीच भीषण लडाई चलिरहेको छ ।
इजरायलले गरेको हवाई हमलामा दक्षिण लेबनानमा ३१ जनाको मृत्यु भएको लेबनानी अधिकारीहरूले भनेका थिए । हिजबुल्लाहले पनि इजरायलमाथि एक पछि अर्को गर्दै रकेट प्रहार गरिरहेको छ ।
मंगलबार बस्ने मन्त्री परिषद्को बैठकमा इजरायली मन्त्रीहरूले सम्झौतामा मतदान दिने अपेक्षा गरिएको भन्दै इजरायली पत्रिका हारित्जले समाचार छापेको छ । बैठक सम्झौताको मूल पाठलाई अनुमोदन गर्न बस्न लागेको इजरायली वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले समाचार छापेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ मंसिर २०८१, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का